पुस ९, २०७२- नाम्दु–८, ठोट्नेरीकी
लक्ष्मी मिजार पराल ओछ्याउँछिन्, पराल ओढ्छिन् र त्यसमाथि चित्रा खाप्छिन् ।
तैपनि रातको चिसोले उनलाई निद्रा पर्दैन । उमेरले ७० लागेकी लक्ष्मीको
छाप्रोमा ओढ्ने, ओछ्याउने छैन ।न्यानो लुगा र पोषणयुक्त खानेकुरा पनि छैन । एक मात्र सहारा दृष्टिविहीन वृद्ध श्रीमान् पनि बिरामी परेपछि उनी झन् कष्टमा परेकी छन् । भूकम्पले घर भत्किएपछि छाप्रामा बस्नुपरेकाले चिसो बढ्दै गएपछि रात बिताउन निकै कष्ट भइरहेको उनी बताउँछिन् । ‘ठन्डीले हामी दुवैलाई रातभरि खोकी लाग्छ, मुटु फुट्लाजस्तो हुन्छ, आँखाबाट आँसु बग्छ,’ लक्ष्मीले भनिन् ।
ठोट्नेरीका अधिकांश बासिन्दा सरकारले न्यानोका लागि दिने भनिएको १० हजार रुपैयाँ कुरेर बसेका छन् । तर जिल्ला दैवीप्रकोप उद्धार समितिको निर्णयअनुसार यो गाउँका बासिन्दाले तत्काल यो रकम पाउने छैनन् ।
८५ करोड आवश्यक भएको दोलखालाई सरकारले ५०
करोडमात्र पठाएको छ । प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने उत्तरी
गाविसहरू पहिलो प्राथमिकतामा राखिएकाले उक्त गाउँमा रकम जान केही ढिला हुने
बताउँछन्पश्चिमतिर फर्किएको ठोट्नेरी बस्ती अहिले चिस्यान केन्द्रजस्तै छ । यो गाउँका भूकम्पपीडितलाई जस्तापाता नदिइएकाले न्यानो टहरा कसैको पनि छैन ।
कसैकसैले पुरानो जस्तापाताको टहरा बनाएका छन्, कतिपय त्रिपाल र चित्राको छाप्राभित्र गुजार्दै छन् । त्रिपालको दैनिकी कष्टकर भएपछि कोही भने टहरा बनाउने सुरसारमा छन् ।
आएको राहत बाटामै लुटिएकाले ठोट्नेरी बस्ती अन्यायमा परेको स्थानीयवासीको गुनासो छ । केही खानेकुरा र त्रिपाल मात्र पाएका ठोट्नेरीवासीले सरकारले दिएको १५ हजार भने हात पारे । तर उक्त रकम खानेकुरा र उपचारमा सिद्धियो ।
त्यसैले यो बस्तीका बासिन्दाले आएको रकमबाट न्यानो टहरा बनाउन सकेनन् । ४५ वर्षीया राधा मिजार पाइएको रकमजति रासनपानीमै सकिएकाले चिसो छेक्न फरियाको थाङ्ना बेरेर रात कटाउनु परिरहेको दु:खेसो सुनाउँछिन् । ठोट्नेरी र डाँडागाउँमा पिउने पानीको पनि अभाव छ ।
यहाँका चेलीहरू पानीका लागि दैनिक दुई घण्टा ओहोरदोहोर गर्छन् । भुइँचालोपछि सुत्केरी भएकी डाँडा गाउँकी पार्वती ढुंगेल पानी बोक्नकै लागि बिहान ३ बजे उठछिन् ।
http://bit.ly/1OoVdUF
No comments:
Post a Comment